लडेर प्रशिक्षार्थी प्रहरीको मृत्यु

काठमाडाैं | असार २६, २०७९

लडेर प्रशिक्षार्थी प्रहरीको मृत्यु


काठमाण्डौँ:   सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ ।

 

तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार निज बोहरा यही असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका र उपचारका क्रममा उनको मृत्यु भएको हो । 

 

घाइते बोहराको लामो समयसम्म होस नआएपछि हेलिकोप्टरमार्फत उपचारका लागि कोहलपुर सिफारिस गरिएकामा उपचारकै क्रममा कोहलपुरस्थित शिक्षण असपतालमा मृत्यु भएको सूचना अधिकारी बोहराले बताउनुभयो । उहाँको मृत्युको अन्य कारण नखुलेको र शव परीक्षणपछि थाहा हुने सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले जनाएको छ ।

पोखरा:     प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ ।   प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक...

थप पढ्नुहोस्

पोखरा:    कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् ।    विभिन्न बस्त...

थप पढ्नुहोस्

आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ।   नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

थप पढ्नुहोस्